logo-img

हमास समूहको कब्जामा परेका विपीन जोशी गाजामा सुरक्षित

गत असोज २० गते इजरायली भूमिबाट हमास समूहको कब्जामा परेका विपीन जोशी सुरक्षित रहेको पाइएको छ। जोशी गाजास्थित हमास समूहको नियन्त्रणमा रहेको  इजरायलस्थित नेपाली दूतावासले परराष्ट्र मन्त्रालयलाई जानकारी गराएको हो । 

उनी हमास समूहको नियन्त्रणमा सुरक्षित रहेको परराष्ट्रमन्त्री एनपी साउदका स्वकीय सचिव दीपक जोशीले जानकारी दिएका छन् । जोशी सुरक्षित रहेको आधिकारिक जानकारी प्राप्त भएको र उद्धारका लागि सरकारले थप सक्रियता देखाएको उनको भनाइ छ । 

विपीनको सकुशल उद्धारको माग गर्दै केही दिनअघि उनका आमा बुबाले परराष्ट्रमन्त्री साउदसँग भेट गरेका थिए। 

भेटमा परराष्ट्रमन्त्री साउदले जोशीको सकुशल उद्धारका लागि नेपाल सरकार, नेपाली दूतावास, इजरायल सरकार लगायतका निकायले प्रयास गरिरहेको जवाफ दिएका थिए । 





  • प्रकाशित मिति : मंसिर ३, २०८० आइतबार २३:३५:४७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया