logo-img

क्रोएसियाले युरोकपमा पक्का गर्‍यो स्थान

क्रोएसियाले युरो कपमा स्थान पक्का गरेको छ । समूह डीमा रहेको क्रोएसियाले मंगलबार राति अर्मेनियालाई १–० गोल अन्तरले पराजित गर्दै तालिकाको दोस्रो स्थानमा रहेर युरो कपमा स्थान पक्का गरेको छ । 

यो समूहबाट टर्कीले पनि युरो कपमा स्थान पक्का गर्न सफल भयो । क्रोएशियालाई जितानउका एन्टे बुडमिरले ४३ औं मिनेटमा गरेको गोल नै निर्णायक साबित भयो ।

यही समूहमा रहेको टर्कीले वेल्ससँग एक एक गोलको बराबरी खेल्दै युरो कपमा स्थान पक्का गर्‍यो। वेल्सले सातौँ मिनेटमा गोल गर्दै अग्रता लिएको थियो । निको विलियम्सले गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । 

तर, ७० औं मिनेटमा टर्कीले पेनाल्टीमार्फत बराबरी गरेको थियो । युसुफ याजाकाइले गोल गरेपछि टर्कीले बराबरी गर्दै एक अंक लिन सफल भयो । यो खेल पछि समूह डीमा टर्कीले ८ खेलबाट १७ अंक बनाउँदै आफूलाई शीर्ष स्थानमा राखेको छ । 

त्यसैगरी क्रोएसियाले समान खेलबाट १६ अंक बनाएको छ । वेल्सले ८ खेलबाट १२ अंक बनाउँदा अर्मेनियाको ८ तथा पुछारमा रहेको लाटभियाको ३ अंक रहेको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार ९:३:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया