logo-img

युरोकप छनोटमा नेदरल्याण्ड्सको फराकिलो जित

युरो कप छनोटमा नेदरल्याण्ड्सले जिब्रलटारका पोस्टमा ६ गोल गरेको छ । मंगलबार राति समूह बीमा रहेको नेदरल्याण्ड्सले फराकिलो जित निकाल्दै युरोकपमा स्थान पक्का गरेको छ । नेदरल्याण्ड्सलाई जिताउन काल्भिन स्टेजले ह्याट्रिक गर्दा टिओन कोपनेर, म्याट्स वेलफर, कोडी म्याथेसले एक/एक गोल थपेका थिए । 

सुरुदेखि नै जिब्रलटारमाथि दबाब बनाएको नेदरल्याण्ड्सले १० औं मिनेटमा अग्रता लिएको थियो । उसका लागि काल्भिन स्टेजले गोलको खाता खोलेका थिए । २३ औं मिनेटमा म्याट्स वेलफरले गोल गर्दै अग्रता दोब्बर बनाएर ३८ औं मिनेटमा टिओन कोपनेरले गोल गरेपछि नेदरल्याण्ड्सले पहिलो हाफमा अग्रता ३–० को लियो । दोस्रो हाफमा पनि नेदरल्याण्ड्सले उत्तिनै गोल थपेको थियो ।

५० औं मिनेटमा काल्भिनले व्यक्तिगत दोस्रो गोल गरेका थिए भने उनैले ६२ औं मिनेटमा ह्याट्रिक पूरा गरे । ८१ औं मिनेटमा कोडी म्याथेसले गोल गरेपछि नेदरल्याण्ड्स फराकिलो अन्तरले विजयी भयो ।

यही समूहमा रहेको फ्रान्सले पनि छनोट प्रतियोगितामा अपराजित यात्रा कायम राख्दै युरोकपमा स्थान पक्का गरिसकेको छ । ग्रीसविरुद्ध २–२ गोलको बाबरी खेलेको हो । पहिलो हाफमा रानडल कोलो मुनाईले गोल गर्दै फ्रान्सलाई अग्रता दिलाएका थिए । तर, ५६ औं मिनेटमा ग्रिसका एन्सटासिओस बाकासेट्सले गोल गरेपछि खेल बराबरीमा आएका थिए । 

६१ औं मिनेटमा फोटिस जनोनानिडिसले गोल गरेपछि ग्रीस २–१ ले अघि बढेको थियो । फ्रान्सका लागि युसुफ फोफानाले ७४ औं मिनेटमा गोल गर्दै खेल २–२ को बराबरीमा ल्याउँदै फ्रान्सको अपराजित यात्रालाई कायमै राखे ।

मंगलबार रातिको नतिजापछि समूह बीमा फ्रान्सले ८ खेलमा ७ मा जित र १ मा बराबरी गर्दै आफूलाई तालिकाको शीर्ष स्थानमा राखेको छ । त्यसैगरी नेदरल्याण्ड्सले ८ खेलबाट ६ मा जित र २ मा हारको आत्मसाथ गर्दै १८ अंकका साथ दोस्रो स्थानमा स्थापित गर्न सफल भएको छ । ग्रीस समानखेलबाट १३ अंक जोड्दै तेस्रो स्थानमा रहँदा रिपब्लिक अफ आयरल्याण्ड ६ अंकका साथ चौथो र जिब्रलटारले खाता नै नखोली पुछारमा रहेको छ ।





  • प्रकाशित मिति : मंसिर ६, २०८० बुधबार ९:१४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया