logo-img

प्रधानमन्त्रीले विदेशीको हितमा काम गरे, देशको हितमा काम गर्नै सकेनन् : शंकर पोखरेल

नेकपा एमालेका महासचिव शंकर पोखरेलले वर्तमान गठबन्धन सरकार जनहित विपरीत विदेशीको हितमा काम गरिरहेको आरोप लगाएका छन् । उनले प्रधानमन्त्री पुष्पकमल दाहालले गरेको भारत भ्रमणमा नेपालको हित भन्दा भारतले चाहेको कुरा सुम्पेर आएको आरोप लगाए । 

एमालेको मुगु जिल्ला कमिटीको नवौँ जिल्ला अधिवेशनको उद्घाटन गर्न शनिबार त्यहाँ पुगेका पोखरेलले एमालेको सरकार ढलेपछि दाहाल नेतृत्वको सरकारको चालामाला ठीक नभएको बताए ।
  
‘एमालेलाई सरकारबाट हटाइसकेपछि गठबन्धनको नाममा जुन प्रकारको राजनीति भइरहेको छ, त्यो राजनीतिले के गरिरहेको छ भने अदालत अदालत जस्तो छैन । जनताको विश्वास र भरोसा टुटेको छ । संसद् संसद्जस्तो छैन जनताको आवाज त्यहाँ उठ्न छोडेका छन् । सरकार सरकारजस्तो छैन, देश र जनताको हितका पक्षमा काम गर्न सकिरहेको छैन । अहिलेको सरकार विदेशीहरूको सामु लम्पसार पर्ने सरकारका रूपमा गठबन्धन सरकार रहेको छ,’ पोखरेलले भने । 

पोखरेलले व्यङ्गे गर्दै अगाडि थपे, ‘प्रधानमन्त्री भारत भ्रमणमा गएर भारतीयहरूले जेजे चाहन्छन् सबै कुरा सुम्पनुभयो र बदलामा १५ वटा मुर्रा राँगा लिएर आउनुभयो ।’ 

उनले देशको अर्थतन्त्र बिग्रनु र देश बिग्रनुको पछाडि पनि प्रधानमन्त्री दाहालकै हात रहेको आरोप लगाए । कार्यक्रममा कर्णाली प्रदेशका ईन्चाज समेत रहेका पूर्व मन्त्री लेखराज भट्टले नेतृत्व वर्गको कमजोरीका कारण विकासको सम्भावना बोकेर पनि कर्णाली आर्थिक, सामाजिक विकासमा पछि परेको धारणा राखे । 





  • प्रकाशित मिति : मंसिर १०, २०८० आइतबार १०:३८:३२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया