logo-img

रोकिएन दुर्गा प्रसाईंको अभियान, आज गौशालामा प्रदर्शन जारी [तस्बिरहरू]

राष्ट्र, राष्ट्रियता धर्म, संस्कृति र नागरिक बचाउ महाअभियानले विरोध प्रदर्शन गरेको छ । सोमबारदेखि व्यवसायी दुर्गा प्रसाईंको नेतृत्वको महाअभियानले विरोध प्रदर्शन गरिरहेको हो । 

आज धर्मगुरुको अगुवाइमा काठमाडौंस्थित गौशालामा आन्दोलन सुरु भएको हो । यसअघि पनि व्यवसायी प्रसाईंले ललितपुरस्थित बल्खु र काठमाडौंको सिफल चौरमा विरोध प्रदर्शन गरेका थिए ।

मंसिर ७ गतेदेखि प्रसाईंले काठमाडौं केन्द्रित आन्दोलन गरिरहेका छन् । गौशालाको मूल सडक कब्जा गर्दै आन्दोलन सुरू गरेपछि केही समय नेपाल प्रहरी र प्रसाईं समर्थकबीच झडपको स्थिति सिर्जना भएको थियो ।  

 





 

  • प्रकाशित मिति : मंसिर ११, २०८० साेमबार १५:५१:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया