logo-img

अस्थायी आवास निर्माण गर्न रकम निकासा

रुकुम पश्चिमका दुई स्थानीय तहमा अस्थायी आवास निर्माण गर्न आज रकम निकासा गरिएको छ । जिल्ला विपद् व्यवस्थापन समितिले सानीभेरी गाउँपालिका र आठबीसकोट नगरपालिकाका लागि पहिलो किस्ताको रकम निकासा हो । यसअघि मंगलबार त्रिवेणी गाउँपालिकाका लागि रकम निकासा गरिएको थियो । 

जिल्ला विपद् व्यवस्थापन समितिका संयोजक तथा प्रमुख जिल्ला अधिकारी हरिप्रसाद पन्तका अनुसार भूृकम्प प्रभावित परिवारलाई अस्थायी आवास निर्माण अनुदान कार्यविधि, २०८० (दोस्रो संशोधनसमेत) बमोजिम गाउँपालिकाको स्थायी जोखिम न्यूनीकरण तथा व्यवस्थापन कोषमा रकम पठाएको हो । 

मंगलबार त्रिवेणी गाउँपालिकामा ६४ लाभग्राहीका लागि रु १६ लाख रकम पहिलो किस्ताबापत पठाएको थियो । आज आठबीसकोट नगरपालिकाका पाँच सय लाभग्राहीलाई पहिलो किस्ताबापत रु एक करोड २५ लाख र सानीभेरी गाउँपालिकामा चार सय ५० लाभग्राहीलाई रु एक करोड १२ लाख ५० हजार रकम पठाएको सहायक प्रमुख जिल्ला अधिकारी प्रवेश बढुवाले जानकारी दिए । 

स्थानीय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिबाट पहिचान भएका लाभग्राहीका लागि पहिलो किस्ताबापतको २५ हजारका दरले रकम स्थानीय तहमा पठाएको हो । 

अन्य स्थानीय तहबाट लाभग्राहीको विवरण आइसकेको छैन । अन्य स्थानीय तहबाट लाभग्राहीको पहिचान भई आएमा जिल्ला विपद् व्यवस्थापन समितिले पहिलो किस्ताबापतको रकम अस्थायी आवास निर्माणका लागि पठाउने सहायक प्रजिअ बढुवाले जानकारी दिए । 

पहिलो किस्ताबापतको रकम निकासा भएका पालिकाबाट पनि पूर्ण विरण आइसकेको छैन । पहिलो किस्ता पठाएका स्थानीय तहबाट पनि लाभग्राहीको पूर्ण विवरण आउन बाँकी रहको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । 



हालसम्म लाभग्राहीको पहिचान भएर आएका तीन स्थानीय तहका एक हजार १४ लाभग्राहीका लागि  अस्थायी आवास निर्माण गर्न पहिलो किस्ताबापतको दुई करोड ५३ लाख ५० हजार रकम निकासा भएको छ । 

भूकम्पबाट घर क्षति भएकालाई  सरकारले अस्थायी आवास निर्माणका लागि दुई चरणमा गरेर रु ५० हजार नगद राहत उपलब्ध गराउने निर्णय गरिसकेको छ । अस्थायी आवास निर्माण गर्न संघीय सरकारले जिल्ला विपद् व्यवस्थापन कोषमा ५० करोड पठाइसकेको छ ।



  • प्रकाशित मिति : मंसिर १३, २०८० बुधबार २०:५८:०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया