logo-img

आर्मीलाई हराउँदै मधेश प्रदेशले जित्यो केपी ओली कपको उपाधि

प्रथम संस्करणको केपी ओली कप टी–२० प्रतियोगिताको उपाधि मधेश प्रदेशले जितेको छ । शुक्रबार भएको फाइनल खेलमा विभागीय त्रिभुवन आर्मी क्लबलाई ११ रनले हराउँदै मधेशले उपाधि जितेको हो ।

उपाधिसँगै मधेशले ५ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले भने २ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । फाइनलमा मधेशले दिएको १ सय ३६ रनको लक्ष्य पछ्याएको आर्मीले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १ सय २४ रन मात्र बनाउन सक्यो । 

उसका लागि कप्तान विनोद भण्डारीले ३२, विवेक यादवले अविजित २५, भीम सार्कीले २२, सन्तोष कार्की र सोमपाल कामीले १६/१६ रन बनाए । मधेशका लागि हरिशंकर साहले चार, प्रदीप पासवानले दुई र प्रार्थिक यादवले एक विकेट लिए ।  

त्यसअघि पोखरा क्रिकेट ग्राउन्डमा टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १ सय ३५ रन बनायो । उसका लागि विशाल पटेलले ३२ बलमा तीन छक्का र तीन चौकासहित सर्वाधिक ४९ रन बनाए ।

यस्तै, कप्तान हरिशंकर साहले २७, हिमांशु दत्तले १४ र विशाल शुस्लिङले १० रनको योगदान दिए । आर्मीका लागि विवेक यादव र साहब आलमले तीन/तीन तथा बसिर अहमद र सोमपाल कामीले एक/एक विकेट लिए ।   





  • प्रकाशित मिति : मंसिर १५, २०८० शुक्रबार १५:४७:२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया