logo-img

पोष्टबहादुर बोगटीको सुनामी कन्स्ट्रक्सनसहित पाँच निर्माण कम्पनी कालोसूचीमा

सार्वजनिक खरिद अनुगमन कार्यालयले पाँचवटा निर्माण कम्पनीलाई कालोसूचीमा राखेको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय मातहतको अनुगमन कार्यालयले मंगलबार भारत कन्स्ट्रक्सन–मैनाचुली–सिद्धिसाई जेभी पुतलीसडकलाई तीन वर्षसम्म कालोसूचीमा राखेको हो ।

भारत कन्स्ट्रक्सनका मुख्य व्यक्ति राजीव गुर्गा, सिद्धिसाई प्रकाश कन्स्ट्रक्सन प्रालिका दीपेन्द्रबहादुर शाही र मैनाचुली निर्माण सेवा प्रालिका मुख्य व्यक्ति मदन कुमार अधिकारी रहेका छन् ।

मध्यपहाडी राजमार्गको आयोजनामा काम नगरेपछि सो कम्पनीलाई कालोसूचीमा राख्न पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालयले कालोसूचीमा राख्न सिफारिस गरेको थियो । 

कालोसूचीमा परेका कम्पनीहरूले कालोसूचीमा राखिएको अवधिभर सार्वजनिक निकायको कुनै पनि ठेक्का सम्झौता या खरिद कारबाहीमा भाग लिन पाउँदैनन् । यस्तै, मैनाचुली–सिद्धिसाई जेभी नयाँबानेश्वरलाई दुई वर्षसम्म कालोसूचीमा राखिएको छ ।  

शेर्पा–हेना–सुनामी जेभी विदुर–७ नुवाकोट पनि एक वर्षसम्म कालोसूचीमा परेको छ । शेर्पा कन्स्ट्रक्सनको मुख्य व्यक्ति फुर्तेम्बा शेर्पा, हेना कन्स्ट्रक्सनका गणेशबहादुर बस्नेत र सुनामी कन्स्ट्रक्सनको मुख्य व्यक्ति पोष्टबहादुर बोगटी रहेका छन् । 

यसैगरी विक्रम तामाङ मुख्य व्यक्ति रहेको कार्स्याङ कन्स्ट्रक्सन एण्ड सप्लायर्स का.म.न.पा–१६ रइजोन निर्माण सेवा, जुम्ला पनि एक/एक वर्षका लागि कालोसूचीमा परेका छन् । इजोन निर्माण सेवाका मुख्य व्यक्ति हरिराम बोहरा रहेका छन् । 



कालोसूचीमा परेका पाँचवटै निर्माण कम्पनीलाई सडक विभाग र स्थानीय तहको सिफारिसमा कालोसूचीमा राखिएको अनुगमन कार्यालयले जनाएको छ ।



  • प्रकाशित मिति : मंसिर १९, २०८० मंगलबार ११:२६:४६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया