logo-img

आयल निगमका कार्यकारी निर्देशक थानीको राजीनामा

नेपाल आयल निगमका कार्यकारी निर्देशक उमेशप्रसाद थानीले राजीनामा दिएका छन् । थानीले मंगलबार दिउँसो उद्योग वाणिज्य तथा  आपूर्तिमन्त्री रमेश रिजाललाई राजीनामा पत्र बुझाएका हुन् । 

थानीले 'स्वतन्त्र भएर बस्छु' राजीनामा पत्र बुझाएको मन्त्री रिजालले बताए । भोलि बुधबारदेखि नै लागू हुनेगरी थानीले राजीनामा बुझाएका हुन् । 

सरकारले थानीलाई ०७८ फागुन २६ गते निगमको कार्यकारी निर्देशकको रूपमा नियुक्ति दिएको थियो । तीन वर्षका लागि नियुक्त भएका थानीले एक वर्ष नाै महिनामै राजीनामा दिएका हुन् । 





  • प्रकाशित मिति : मंसिर २६, २०८० मंगलबार १८:३१:५३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया