logo-img

विवाहपञ्चमीको तेस्रो दिन आज धनुष यज्ञ मनाइँदै
फाइल तस्बिर

जनकपुरधाममा मनाइने सप्ताहव्यापी सीताराम विवाहपञ्चमी महोत्सवको आज धनुष यज्ञ मनाइँदैछ ।  

त्रेता युगमा भगवान् रामले धनुष भाँचेर सीतासँग विवाह गरेको भन्ने धार्मिक विश्वासमा आज तेस्रो दिन रामको प्रतिकात्मक रूप धारण गरेका कलाकारलाई धनुष भाँचेको अभिनय गराएर धनुष यज्ञ गरिन्छ । 

मिथिलाका राजा जनकले धनुष उठाएर वाण छोड्ने महाशक्तिशालीसँग मात्रै सीताको विवाह गर्ने उद्घोष गरेका र अयोध्याबाट आएका दशरथ पुत्र रामले यज्ञमा राखिएको धनुषलाई सहजै उठाएर ताँदो चढाउन लाग्दा तीन टुक्रा भएको रामयणमा उल्लेख छ ।

सोही पौराणिक कथनको आधारमा विवाहपञ्चमी महोत्सवमा तेस्रो दिन धनुष यज्ञ गरिन्छ। विवाह पञ्चमीको पहिलो दिन नगर दर्शन विधि गरिएको थियो । दोस्रो दिन हिजो राम र सीताबीच पहिलोपटक फूलबारीमा भेटघाट भएको पौराणिक कथाको आधारमा फूलवारी लिला गरिएको थियो । 

विवाहपञ्चमी महोत्सवअन्तर्गत भोलि चौथो दिन तीलकोत्सव, पाँचौँ दिन ३० मंसिरमा मटकोर र १ पुसमा रामसीता स्वयंवर तथा विवाह कार्यक्रम हुनेछ ।  
 
महोत्सवको अन्तिम दिन आगामी २ पुसमा रामकलेवा गरी अयोध्याबाट जन्तीका रुपमा आएका साधुसन्तको बिदाइ गरेपछि विवाहपञ्चमी महोत्सव विधिवत् समापन हुनेछ । 





  • प्रकाशित मिति : मंसिर २८, २०८० बिहीबार ९:५३:३७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया