logo-img

ईश्वर पोख्रेलको प्रश्न : कोशी प्रदेशको नामाकरण एमालेले गराएको हो र ?

नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले कोशी प्रदेशको नामाकरणको विषयलाई लिएर भइरहेको आन्दोलनप्रति आपत्ति जनाएका छन् । विधि र प्रक्रियासम्मत ढंगले आफैँले प्रदेशको नाम कोशी राख्ने, तर पछि एमालेलाई आरोपित गरेर मारकाटमा उत्रन नमिल्ने उनले बताए । 

आइतबार झापाको बिर्तामोडमा स्थानीय सञ्चारकर्मीमाझ बोल्दै वरिष्ठ उपाध्यक्ष पोखरेलले विधि र प्रक्रियालाई मिचेर मारकाटमा उत्रने कुनै पनि खालको गतिविधिविरुद्ध एमाले लाग्ने चेतावनी समेत दिए । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले कोशी प्रदेशको नामाकरण एमालेको कुनै कमिटीले निर्णय गराएको हो र ? भनी प्रश्न गरे । उनले कोशी प्रदेशमा पहिचानको नाममा भइरहेका गतिविधि सामाजिक सद्भाव बिथोल्ने खालको भएको आरोपसमेत लगाए । 

‘मधेस प्रदेशको बारेमा एमालेका फरक दृष्टिकोण थियो । हामीले मिथिला वा केही राख्नुपर्छ भनेका थियौँ । तर, प्रक्रियाबाट टुंगो भयो, सक्कियो नि । मधेश प्रदेश राखियो । सिद्धियो । अब त्यसमा हामीले यो भएन भनेर बितण्डा गर्न मिल्छ ? मिल्दैन नि,’ वरिष्ठ उपाध्यक्ष पोखरेलले भन ।

एउटा प्रक्रियाबाट दिउँसै खुलेआम प्रक्रियाबाट सहभागी भएर ९० प्रतिशतभन्दा बडीले भोट हालेर टुंग्याएको विषयमा फेरि मारकाटमा उत्रेर समस्याको समाधान नहुने बताए । 

वरिष्ठ उपाध्यक्ष पोखरेलले पार्टीले मुलुकलाई संकटबाट निकास दिन समृद्धिका लागि संकल्प यात्रा गर्नुपरेको दाबी समेत गरे । 





  • प्रकाशित मिति : पुस २, २०८० साेमबार २०:४९:१७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया