logo-img

नेता भण्डारीको प्रश्न- नेपाल विदेश जानलाई मर्नुपर्ने देश हो ?
फाइल फाेटाे

नेपाली कांग्रेसका नेता चन्द्र भण्डारीले बालकुमारीमा दुई जनाको ज्यान जाने गरी भएको घटनाप्रति आपत्ति जनाएका छन् । 

शनिबार भक्तपुरमा आयोजित एक कार्यक्रममा बोल्दै नेता भण्डारीले बालकुमारी घटनाप्रति आपत्ति जनाएका हुन् । उनले यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नुपर्ने देश हो ? भन्दै प्रश्न गरे । उनले अहिले समाजमा असामाजिक गतिविधिहरू बढी रहेको बताए । 

नेता भण्डारीले भने, ‘अहिले समाजमा के भइरहेको छ ? हिजो मात्रै बालकुमारीमा दुई जना बच्चा कोरियाको फर्म भर्न पाउँ भनेर आन्दोलन गर्दा दुर्घटनामा परी मृत्यु भएको छ । के यो देश कोरिया जान फर्म भर्न पाउँ भन्दा मर्नुपर्ने देश हो ? प्रश्न यो हो । यति ठूलो जलश्रोत, प्रकृति, श्रोत र साधन छ । कुन ठाउँमा छ, हाम्रो संस्कृतिले आशुमा पनि मुस्कान दिन्छ ।’

नेता भण्डारीले देश चलाउने नेताले समयसँगै अपडेट हुन सिक्नुपर्ने बताए ।  





  • प्रकाशित मिति : पुस १४, २०८० शनिबार १४:३९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया