logo-img

चेल्सी एफए कपको चौथो चरणमा

चेल्सीले एफ ए कपको चौथो चरणमा स्थान पक्का गरेको छ । शनिबार राति भएको खेलमा प्रिस्टोन नर्थ इन्डलाई ४–० गोल अन्तरले पराजित गर्दै चेल्सीले अघिल्लो चरणको यात्रा तय गरेको हो । 

चेल्सीको जितमा अर्मान्डो ब्रोजा, थिएगो सिल्भा, रहिम स्टर्लिङ र इन्जो फर्नान्डेजले एक/एक गोल गरे । पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलमा चार गोल नै चेल्सीले दोस्रो हाफमा गरेको हो ।

मालो गुस्टोको पासमा ब्रोजाले गोल गर्दै ५८ औं मिनेटमा चेल्सीलाई अग्रता दिलाए । ६६ औं मिनेटमा कोल पालमरको पासमा सिल्भाले गोल गरेपछि चेल्सीले अग्रता दोब्बर बनायो ।

६९ औं मिनेटमा स्टर्लिङले गोल गर्दा ३–० को अग्रता लिएको चेल्सीले ८५ औं मिनेटमा चौथो गोल गरेको थियो । स्टर्लिङको पासमा चेल्सीका फर्नान्डेजले गोल गरेका हुन् ।

एफ ए कपअन्तर्गत स्वेन्सा सिटीले मोरकम्बलाई २–० ले पराजित गर्दा, एस्टन भिल्लाले मिडिलवर्गलाई १–० ले स्तब्ध बनायो । यसैग्री सेफवेडले कार्डिफलाई ४–० गोलले पराजित गर्दा हल सिटी र बर्मिङघम सिटीले एक/एक गोलको बराबरी खेले । 



न्युपोर्ट र इस्टलेइजले १–१ गोलको बराबरी खेल्दा प्लेमाउथले सटन युनाइटेडलाई ३–१ ले स्तब्ध बनायो । यसैगरी बर्नमाउथले क्युपीएआरलाई ३–२ गोलले हराउँदा सेफिल्ड युनाइटेडले गिलिङघमर्ला ४–० ले स्तब्ध गरेको थियो । 

यस्तै, बल्यावर्नले क्याम्ब्रिज युनाइटेडलाई ५–२ गोल अन्तरले पराजित गर्दा वाटफोर्डले चेस्टरफिल्डलाई २–१ गोल अन्तरले पराजित गरेको छ । त्यसैगरी साउथ ह्याम्पटनले वालसललाई ४–० गोल अन्तरले हराउँदा नर्विच र ब्रिस्टल रोभर्सले १–१ गोलको बराबरी खेले । 



यसैगरी ब्राइटनले स्टोक सिटीलाई ४–२ गोल अन्तरले पराजित गर्दा न्युक्यासलले सन्डरल्याण्डमाथि ३–० को सहज जित दर्ता गरेको छ । मेडस्टोन युनाइटेडले स्टेभनेजलाई १–० गोल अन्तरले पराजित गर्दा कोभेन्ट्रीले अक्सफोर्डमाथि ६–२ को फराकिलो जित निकालेको थियो । 

यस्तै, लेस्टरले मिलवाललाई ३–२ गोल अन्तरले पराजित गर्दा इप्सवीचले विम्बल्डनलाई ३–१ गोल अन्तरले स्तब्ध बनायो । 


  • प्रकाशित मिति : पुस २२, २०८० आइतबार ८:५४:४१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया