logo-img

चिसोमा बाथरोगीले कस्ता कुरामा ध्यान दिने ? यस्ता छन् डा. श्वेताका सुझाव
फाइल तस्बिर

पुसको अन्त्यतिर आइपुग्दा देशभर चिसो बढिरहको छ । चिसो बढेसँगै बालबालिका, वृद्धवृद्धा, दिर्घरोगीलाई सताउँछ । यसबाहेक अन्य स्वास्थ्य समस्या भएकालाई पनि चिसो मौसमले बढी नै दुःख दिन्छ ।

चिसो मौसममा विभिन्न स्वास्थ्य समस्या भएकामध्ये बाथ रोगको समस्या भोगिरहेका व्यक्तिलाई पनि सताउँछ । चिसो मौसममा बाथका लक्षण बढी देखिन्छन् । चिसो पानी धेरै चलाउँदा, चिसो मौसमका जोर्नीका साथै मांसपेशी पनि दुख्छन् । हातमा रगत प्रवाहमा अवरोध हुँदा हातका औँलाको रङ परिवर्तन हुनेजस्ता लक्षण देखिन्छन् । 

बाथको प्रकृति हेरेर चिसोयाममा खानपानलगायत कुरामा ध्यान दिनुपर्छ । बाथको समयमै पहिचान गरेर उपचारतर्फ लाग्यौँ भने सामान्य जीवनयापन गर्न सकिन्छ । बाथका बिरामीले जाडोयाममा विशेषतः: निम्न कुरामा ध्यान दिनुपर्छ :

– बाथको बिरामीहरूले जाडोमा गर्नुपर्ने तातो, न्यानो, लुगा लगाउने, तातो भएर बस्ने ।

– चिसो पानी नचलाउने, चिसोबाट टाढा बस्ने, फ्रिजको कुराहरू कोक, फेन्टाहरू नखाने, तातो गरेर वार्म गर्ने ।

– आफ्नो जोर्नीहरूलाई न्यानो बनाएर राख्ने, बाथलाई जाडोमा अलिकति नियन्त्रण गर्न जरुरी छ ।



– बाथ रोगको प्रकृतिअनुसार खानपानमा विशेष जोड दिनुपर्छ । 

बाथरोग विशेषज्ञ डा. श्वेता नकर्मीसँग गरिएको कुराकानीमा आधारित 



  • प्रकाशित मिति : पुस २३, २०८० साेमबार १०:६:४८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया