logo-img

पाँचौंपटक बंगलादेशी प्रधानमन्त्रीको सपथ लिँदै शेख हसिना

बंगलादेशको आमनिर्वाचनमा अवामी लिग पार्टीको जितपछि शेख हसिनाले आज पाँचौंपटक प्रधानमन्त्रीको सपथ लिने भएकी छन् । बुधबार ३६ सदस्यीय मन्त्रिपरिषद् घोषणा गरेको हसिना नेतृत्वको अवामी लिग सरकारको आज सपथको कार्यक्रम रहेको छ । 

स्थानीय सञ्चारमाध्यमका अनुसार हालका १४ मन्त्रीले नयाँ मन्त्रिपरिषद्मा स्थान पाएका छैनन् । जसमा परराष्ट्रमन्त्री एके अब्दुल मोमेन, परराष्ट्र राज्यमन्त्री शहरयार आलम, अर्थमन्त्री एएचएम मुस्तफा कमल, योजनामन्त्री अब्दुल मन्नान, कृषिमन्त्री अब्दुर रज्जाक र वाणिज्यमन्त्री टिपु मुन्शीजस्ता नाम सामेल छन् ।

बंगलादेशका क्याबिनेट सचिव महबूब हुसेनले बिहीबार नयाँ मन्त्रिपरिषद्को सपथ ग्रहण गर्ने, जसमा ३६ सदस्य रहने जानकारी दिए । जसमा २५ क्याबिनेट मन्त्री र ११ राज्यमन्त्री रहनेछन् । उनले यसपटक मन्त्रिपरिषद्मा दुईजना प्राविधिक मन्त्री रहने बताए ।

शेख हसिनाको नयाँ मन्त्रिपरिषद्मा १४ नयाँ अनुहारलाई क्याबिनेट मन्त्री र सात जनालाई राज्यमन्त्री नियुक्त गरिएको छ । नयाँ अनुहारमध्ये बंगलादेशका प्रथम प्रधानमन्त्री ताजुद्दीन अहमदकी छोरी सिमिन हुसेन रिमी राज्यमन्त्रीको सूचीमा परेकी छन् ।  

बंगलादेशमा आइतबार मतदान भएको थियो । प्रधानमन्त्री हसिनाको नेतृत्वमा रहेको सत्तारुढ अवामी लिग पार्टीले २२२ लोकसभा सिट जितेर लगातार चौथोपटक सत्ता हात पारेको छ । 

जबकी जातीय पार्टीले ११ सिट वर्कर्स पार्टी, राष्ट्रिय समाजतान्त्रिक दल र बंगलादेश कल्याण पार्टीले एक/एक सिट जितेका छन् । यस्तै, स्वतन्त्र उम्मेदवारले ६१ सिट जितेका छन् । 





  • प्रकाशित मिति : पुस २६, २०८० बिहीबार ९:५५:२९

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया