logo-img

फुलहमविरुद्ध चेल्सीको कठिन जित

इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले कठिन जित निकालेको छ । उसले शनिबार भएको खेलमा फुलहमविरुद्ध १–० गोल अन्तरको जित निकालेको हो । 

चेल्सीले निर्णायक गोल गर्न भने पेनाल्टीको सहारा लिनु पर्‍यो । पहिलो हाफको अतिरिक्त दोस्रो मिनेटमा फुलहमका डिफेन्डर इसा लेई डिओपलले डी बक्सभित्र रहिम स्टर्लिङलाई फल गरेपछि चेल्सीले पेनाल्टी प्राप्त गर्‍यो । 

उक्त पेनाल्टीलाई चेल्सीका कोल जेरमैनले गोलमा परिणत गर्दै स्पष्ट तीन अंक दिलाए । जितपछि चेल्सी ३१ अंकका साथ तालिकाको आठौँ स्थानमा उक्लिएको छ । 

पराजित भएको फुलहम भने २४ अंकका साथ तालिकाको १३ औँ स्थानमा छ ।






  • प्रकाशित मिति : पुस २९, २०८० आइतबार ७:५४:४०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया