logo-img

एनआरएनएको समस्या समाधान गर्न चार सदस्यीय छानबिन समिति गठन

सरकारले गैरआवासीय नेपाली संघ (एनआरएनए)को समस्या समाधान गर्न चार सदस्यीय छानबिन समिति गठन गरेकाे छ। 

परराष्ट्रमन्त्री एनपी साउदले एनआरएनएभित्र झण्डै तीन महिनायता उत्कर्षमा रहेको विवाद छानबिन गर्न समिति गठन गरेका हुन् । 

उपमहान्यायाधीवक्ता गोपालप्रसाद रिजालकाे संयोजकत्वमा गठित छानबिन समितिमा परराष्ट्र मन्त्रालयबाट रीता धिताल, सिआइबीबाट दिनेश आचार्य र अर्थ मन्त्रालयबाट हेमराज पौडेल सदस्य छन् । 

समितिलाई एनआरएनए निर्वाचनमा भएको धाँधलीका साथै एनआरएनए भित्रको विवादका समग्र विषयमा अध्ययन गरेर दुई साताभित्र प्रतिवेदन बुझाउने कार्यादेश दिइएको छ ।





  • प्रकाशित मिति : माघ २, २०८० मंगलबार २३:२:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया