logo-img

भारतले अफगानिस्तानलाई दोस्रो सुपर ओभरमा हरायो, रोहित शर्माको विश्वकीर्तिमान

अफगानिस्तानविरुद्धको टी–२० आई सिरिज भारतले क्लिन स्विप गरेको छ । गएराति सम्पन्न अन्तिम खेलमा अफगानिस्तानलाई सुपर ओभरमा हराएसँगै तीन खेलको सिरिज भारतले ३–० ले क्लिन स्विप गरेको हो । उसले पहिलो र दोस्रो खेल समान ६ विकेटले जितेको थियो । 

तेस्रो खेलमा भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याउनेक्रममा अफगानिस्तानले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर २ सय १२ रन बनाएपछि खेल सुपर ओभरमा धकेलिएको थियो ।

पहिलो सुपर ओभर पनि बराबरीमा सकिएपछि खेलको नतिजा दोस्रो सुपर ओभरबाट लिइयो । जसमा भारत विजयी भयो । दोस्रो सुपर ओभरमा अफगानिस्तानले १२ रनको लक्ष्य पाएको थियो । तर, उसले सो लक्ष्य भेट्याउन सकेन । 

त्यसअघि भारतले दिएको २ सय १३ रनको लक्ष्य पछ्याउनेक्रममा अफगानिस्तानका शीर्षक्रमका तीन ब्याटर रहमानउल्लाह गुरबाज (५०), इब्राहिम जाद्रान (५०) र गुलबदिन नायब (५५) ले अर्धशतकीय पारी खेले ।

यस्तै, मोहम्मद नाबीले ३४ रन जोडे । भारतका लागि वासिङ्टन सुन्दरले तीन, कुलदीप यादव तथा आवेश खानले एक/एक विकेट लिए । 



त्यसअघि बेंगलुरुस्थित एम चिन्नास्वामी स्टेडियममा टस जितेर ब्याटिङ रोजेको भारतले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २ सय १२ रन बनायो ।



उसका लागि कप्तान रोहित शर्माले अर्धशतकीय इनिङ खेले । ६९ बलको सामना गरेका उनले ११ चौका र ८ छक्कासहित अविजित १२१ रन बनाए । योसँगै रोहित टी–२० आईमा सर्वाधिक शतक बनाउने ब्याटर बने ।

उनले अहिलेसम्म यस प्रारूपमा पाँच शतक बनाएका छन् । यस्तै, रिंकु सिंहले ३९ बलमा ६ छक्का र २ चौकाको सहयोगमा अविजित ६९ रनको इनिङ खेले ।

बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । अफगानिस्तानका लागि फरीद अहमदले दुई र अजमातुल्लाह उमरजाईले एक विकेट लिए । 


  • प्रकाशित मिति : माघ ४, २०८० बिहीबार ७:४४:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया