logo-img

जाजरकोट भूकम्पः २६ हजार लाभग्राहीले पाए पहिलो किस्ता

जाजरकोट भूकम्पबाट प्रभावित रुकुमपश्चिमका छ  पालिकाका २६ हजार पाँच सय ७३ लाभग्राहीले अस्थायी आवास निर्णाणका लागि पहिलो किस्ताबापत २५ हजारका दरले प्राप्त गरेका छन् ।

सहायक प्रमुख जिल्ला अधिकारीले प्रवेश बढुवालले सबैभन्दा बढी आठबीसकोट नगरपालिकाका नौ हजार सात सय ३२ र सबैभन्दा कम मुसीकोट नगरपालिकामा आठ सय ५८ लाभग्राहीले पहिलो किस्ताबापत रकम प्राप्त गरेको बताए । 

उनका अनुसार सानीभेरी गाउँपालिकामा पाँच हजार चार सय ३२, त्रिवेणी गाउँपालिकामा दुई हजार सात सय ७२, चौरजहारी नगरपालिकामा छ हजार एक सय ६५ र बाँफीकोट गाउँपालिकामा लाभग्राही पहिचान भएका सबै एक हजार छ सय ९९ लाभग्राहीले अस्थायी आवास निर्माण गर्न पहिलो किस्ता प्राप्त गरेका छन् । 

उनका अनुसार छ वटै स्थानीय तहका लाभग्राहीले हालसम्म २५ हजारका दरले ६६ करोड ४३ लाख २५ हजार प्राप्त गरेका छन् । 

जिल्ला विपद् व्यवस्थापन कोषले २९ हजार चार सय छ लाभग्राहीका लागि स्थानीय तह विपद् जोखिम न्यूनीकरण कोषमा ७३ करोड ५१ लाख ५० हजार पठाएको छ । 

लाभग्राही पहिचान भएका दुई हजार आठ सय ३३ जनाले अस्थायी आवासको पहिलो किस्ता पाउन अझै बाँकी छ ।



जिल्लामा हालसम्म १६ हजार तीन सय ४६ अस्थायी आवास निर्माण भएका छन् भने सात हजार चार सय ९७ अस्थायी आवास निर्माणाधीन रहेको बढुवालले जानकारी दिए । 

लाभग्राहीको संख्या आउने क्रम जारी रहेकाले यो संख्या ३० हजार पाँच सय पुग्नसक्ने जिल्ला प्रशासन कार्यालय रुकुमपश्चिमले अनुमान गरेको छ ।



  • प्रकाशित मिति : माघ ५, २०८० शुक्रबार २२:१८:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया