logo-img

प्रधानमन्त्री कप : मधेशले कर्णालीलाई ६१ रनले हरायो, उक्लियो तेस्रो स्थानमा
तस्बिर : क्यान

मधेश प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय प्रतियोगितामा तेस्रो जित निकालेको छ । तेस्रो जित निकाल्नेक्रममा मधेशले शनिबार कर्णाली प्रदेशलाई ६१ रनल हरायो । कर्णालीले भने तेस्रो जित निकाल्न चुक्यो ।

आफ्नो चौथो खेलमा मधेशले दिएको २ सय ३२ रनको लक्ष्य पछ्याएको कर्णाली ४१.१ ओभरमा १ सय ७० रनमै अलआउट भयो । उसका लागि अर्जुन घर्तीले ५८, दिनेश अधिकारीले ३३, विपिन शाहीले ३१ र प्रकाश जैशीले १४ रन बनाए । बाँकी ब्याटरले भने दोहोरो अंकमा समेत रन जोड्न सकेनन् । 

मधेश प्रदेशका लागि राजेश यादवले तीन, प्रदीप पासवानले दुई, हरिशंकर साह, पवन सर्राफ, रञ्जित कुमार, अभिषेक तिवारी र रुपेश सिंहले एकु/एक विकेट हात पारे ।  

त्यसअघि कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर ब्याटिङ रोजेको मधेश प्रदेशले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ३१ रन बनायो । उसका लागि कप्तान हरिशंकर साह र मयन यादवले ५०/५०, अनिल साहले ४४, अभिषेक तिवारीले ३४, पवन सर्राफ, राजेश यादव र प्रदीप पासवानले ११/११ तथा राहुल मण्डलले १० रन बनाए ।

कर्णाली प्रदेशका लागि दीपेन्द्र रावतले १० ओभरमा एक मेडनसहित ३९ रन दिएर सर्वाधिक पाँच विकेट लिए । यस्तै, अनुज चुनाराले दुई, दिनेश अधिकारी, दिवान पुन र उनिस सिंहले एक/एक विकेट हात पारे । 

यो जितपछि मधेश अंक तालिकाको तेस्रो स्थानमा उक्लिएको छ । उसले पाँच म्याच खेल्दा तीनमा जित र दुई खेलमा पराजय बेहोरेको छ । कर्णाली तालिकाको सातौं स्थानमा झरेको छ । उसले चार खेल खेल्दा दुईमा जित र दुई खेलमा हारको सामना गरेको छ । 





  • प्रकाशित मिति : माघ ६, २०८० शनिबार १५:५४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया