logo-img

संसदीय समितिका सभापतिलाई सभामुखले बोलाए
फाइल तस्बिर

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले मातहतका सबै विषयगत समितिका सभापतिहरूलाई छलफलका लागि बोलाएका छन् । 

सभामुख घिमिरेले आइतबार बिहान ११ बजे संसदीय समितिका सभापतिहरूसँग छलफल गर्न लागेका हुन् । तर छलफलको विषय भने खुलेको छैन । सभामुख घिमिरेले बिहान ११ बजे छलफलका लागि बोलाएको राज्य व्यवस्था समितिका सभापति रामहरि खतिवडाले जानकारी दिए । 

सांसदहरूका अनुसार सभामुख घिमिरेले आफूले कार्यभार सम्हालेको एक वर्ष पूरा भएको सन्दर्भमा छलफल गर्न लागेका हुन् । छलफलमा समितिका गतिविधि र कामका विषयमा कुराकानी गर्ने तयारी रहेको छ ।

 





  • प्रकाशित मिति : माघ ७, २०८० आइतबार ९:२६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया