logo-img

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे प्रकरणमा जोडिएका विकल पौडेल र सुनील पौडेल पक्राउ

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल टेलिकमका पूर्वप्रवन्ध निर्देशक सुनील पौडेल र सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेललाई नियन्त्रणमा लिएको छ । 

सेक्युरिटी प्रिन्टिङ र पेमेन्ट गेट वे भ्रष्टाचार प्रकरणमा दुवै जना मुछिएका व्यक्ति हुन् । मुद्दा दायरपछि पनि सार्वजनिक सम्पत्ति हिनामिना गरेको तथा स्रोत साधन दुरुपयोग गरेको र सम्पत्ति विदेश पठाउने काममा संलग्न रहेको आशंकामा उनीहरूमाथि छानबिनमा भइरहेको हो । 

गैरकानुनी सम्पत्तिआर्जनको अनुसन्धानको सिलसिलामा बयानका लागि बोलाउँदा उपस्थित नभएपछि अख्तियारले उनीहरूलाई पक्राउ गरेको हो । अख्तियारले दुवै जनालाई भोलि विशेष अदालतमा उपस्थित गराउने तयारी गरेको छ । 





  • प्रकाशित मिति : माघ १०, २०८० बुधबार १६:१३:२०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया