logo-img

चीनको जियाङ्सी प्रान्तमा आगलागी : ३९ जनाको मृत्यु

मध्य चीनको जियाङ्सी प्रान्तमा एउटा स्टोरमा आगलागी हुँदा बुधबार कम्तीमा ३९ जनाको मृत्यु र ९ जना घाइते भएका छन् । मुलुकको सरकारी प्रसारक सिसिटिभीले भनेको छ, ‘जनवरी २४ मा स्थानीय समयअनुसार दिउँसो ३ः२४ बजे शिन्यु, जियाङ्सीमा एउटा स्टोरमा जमिनको तल्लो तहमा आगो लागेको थियो, अहिलेसम्म दुर्घटनामा ३९ जनाको मृत्यु भएको छ र नौ जना घाइते भएका छन् । अन्य मानिस अझै पनि आगलागीमा फसेका छन् ।’ 

रिपोर्टमा आगो लाग्नुको सटीक कारण वा कति मानिस अझै खतरामा छन् भन्नेबारे बताइएको छैन । आगलागी भएपछि चिनियाँ राष्ट्रपति सि जिनपिङले एक विज्ञप्तिमा मुलुकमा घातक दुर्घटनाहरूमा ‘दृढ नियन्त्रण’ को आह्वान गरेका छन् । 

घटनास्थलको सिसिटिभीले जारी गरेको भिडियो फुटेजमा धेरै अग्निशमन वाहन र अन्य आपत्कालीन सवारीहरू सडकमा देखाइएको छ । राज्य समर्थित आउटलेट ग्लोबल टाइम्सले सहरमा एक ‘आपत्कालीन कमान्ड’ को विज्ञप्तिलाई पोस्ट गरेको छ ।  





  • प्रकाशित मिति : माघ ११, २०८० बिहीबार ७:१०:२३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया