logo-img

नेपालका नेतालाई चिनियाँ नेताको सुझाव- नेपाललाई चीनको शैलीमा विकास गर्नुहोस्

चिनियाँ कम्युनिस्ट पार्टी (सिपिसी) अन्तर्राष्ट्रिय विभागकी उपमन्त्री सुन हाइयान नेपाल भ्रमणमा आएर राजनीतिक दलसँग संयुक्त परामर्श गर्नुको कारण दुई देशबीचको सम्बन्धलाई सुमधुर बनाउनु रहेको बताएकी छन् । 

उनले दुवै देशका राष्ट्राध्यक्षले सम्बन्ध सुदृढीकरण गर्न प्रयासरत रहेको भन्दै सहमति र समझदारी पत्रमा भएको हस्ताक्षर सम्बन्ध प्रगाढ बनाउने माध्यम बनेको बताइन् । उनले नेपाल र चीनको सम्बन्धमा अन्य मुलुकले देख्न नचाएको बताइन् । नेपालको तीन दिने भ्रमणमा काठमाडौंमा विभिन्न राजनीतिक दलका नेताहरूसँग अन्तरक्रिया गर्दै हाइयानले दुई देशको राजनीतिक सम्बन्ध राम्रो रहेको भए पनि अन्य देशले देख्न नचाहेको बताइन् ।

दुई देशका राजनीतिक दलबीच सम्बन्ध सुधार हुनुपर्ने र कतिपय मुलुक चीन नेपालबीच राम्रो सम्बन्ध भएको देख्न नचाहिरहेको उनको भनाइ थियो । ‘उनीहरू आउँछन् र जान्छन् । त्यसले असर गर्ने भनेको नेपाल र चीनका जनतालाई नै हो,’ उनले भनिन्, ‘त्यसैले यसको लक्ष्य निर्दिष्ट गरेर अघि बढ्न जरुरी छ । कठिनाइको सामना गर्न मिलेर काम गर्नुपर्छ । सहकार्यलाई अझ व्यवहारिक बनाउनुपर्छ ।’

उनले नयाँ परिस्थितिमा नेपाल चीन सम्बन्ध कस्तो बनाउने? त्यसमा राजनीतिक दलको भूमिका कस्तो हुने? भन्ने विषयमा पनि गृहकार्य गर्नुपर्ने आवश्यकता औँल्याइन् । उनले छिमेकी मुलुकका विकास पूर्वाधारमा चीनले लगानी गरेको र त्यसको एउटा उदाहरण इन्डोनेसिया भएको बताउँदै विभिन्न कारणले नेपालमा चिनियाँ लगानीमा भइरहेका योजना सम्पन्न गर्न ढिलाइ भइरहेको बताइन् । 

गएको वर्षदेखि चीनको आर्थिक सुधार भएको भन्दै त्यसलाई नेपालले सदुपयोग गर्न सक्ने प्रचुर सम्भावना रहेको उनको भनाइ थियो । विशेषगरि चिनियाँ शैलीको विकास निर्माण गर्ने र बीआरआईलाई कार्यान्वयन गर्नुपर्नेमा उनको जोड थियो । 

उनले नेपाल चीनबीचको सम्बन्ध अझ कसरी अगाडि बढाउने भनेर सल्लाह गर्न आवश्यक रहेको बताउँदै नेपालको औद्योकिरणका लागि सघाउन तत्पर रहे पनि नीतिगत सुधार गर्न नेपाललाई आग्रह गरिन् ।





  • प्रकाशित मिति : माघ १४, २०८० आइतबार १७:३०:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया