logo-img

शाखा अधिकृत भट्टराईविरुद्ध ४ करोड ४० लाखको भ्रष्टाचार मुद्दा

गैरकानुनी सम्पत्ति आर्जन आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एकजना शाखा अधिकृतविरुद्ध ४ करोड ४० लाख १५ हजार रुपैयाँको भ्रष्टाचार मुद्दा दायर गरेको छ । ललितपुरका तत्कालीन मालपोत अधिकृत तथा हाल मधेस सरकारको उद्योग, पर्यटन, वन तथा वातारण मन्त्रालयका शाखा अधिकृत (आठौँ) मिनबहादुर भट्टराईविरुद्ध मंगलबार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको हो ।  

अधिकृत भट्टराईले गैरकानुनी सम्पत्ति आर्जन गरेको भन्ने उजुरीमाथि अनुसन्धान हुँदा सार्वजनिक सेवामा प्रवेश गरेको अवधिको वैध आय र सम्पत्तिको हिसाब निकाल्दा स्रोत नखुलेको रकम बिगो मागदाबीसहित मुद्दा दायर गरिएको आयोगले जनाएको छ ।
 
आयोगले उनको सेवा अवधि ०५४ साउन २६ देखि ०७९ जेठ ३० सम्मको अवधिलाई अनुसन्धान अवधि मानी सोहीअनुसारको अन्तिम समग्र आय तथा व्ययको विश्लेषण गरेको जनाएको छ । उनको वैध आय ५ करोड ९४ लाख ६७ हजार र उक्त अवधिमा खर्च, लगानी र बैंक मौज्दात १० करोड २३ लाख ९२ हजार देखिन आएको आयोगको अभियोगपत्रमा छ । 

सिर्जित आयबाट निजको व्यय घटाउँदा हुन आउने रकम ४ करोड २९ लाख २५ हजार रुपैयाँ भए पनि उक्त अवधिमा स्रोत नखुलेका खर्च तथा लगानी (सम्पत्ति) रकम ४ करोड ४० लाख १५ हजार रुपैयाँको वैधानिक स्रोत नखुलेको आयोगको ठहर छ । 

वैध आयका तुलनामा खर्च एवं लगानीसहितको सम्पत्ति अमिल्दो र अस्वाभाविक एवं गैरकानुनी आर्जन गरेको पाइएकाले साबिक भ्रष्टाचार निवारण ऐन, २०१७ को दफा १५ एवं प्रचलित भ्रष्टाचार निवारण ऐन २०५९ को दफा २० को उपदफा (१) बमोजिमको कसुरमा मुद्दा दायर गरेको आयोगले जनाएको छ । 





  • प्रकाशित मिति : माघ १६, २०८० मंगलबार १८:२०:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया