logo-img

आवश्यक परेका विधेयकमाथि छलफल गरेर पारित गर्नुपर्छ : सभामुख घिमिरे

प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले कार्यान्वयनको सुनिश्चिततासहित संसदबाट विधेयक पारित गर्नुपर्ने बताएका छन् । आइतबार संघीय संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै उनले यस्तो बताएका हुन् । 

उनले सोमबारबाट सुरु हुने हिउँदे अधिवेशनको पूर्व सन्ध्यामा संसद भवनको अवलोकनपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरू पारित गर्नुपर्ने बताए  । उनले पारित गर्नु मात्रै ठूलो कुरा नहुने भन्दै पारित गरिएका विधेयकहरू कार्यान्वयन गर्ने गरी अघि बढ्नुपर्ने बताए । 

उनले संसदको सौन्दर्यता भनेकै आवश्यक विधेयक पारितपछि कार्यान्वयन गर्नु रहेको बताए । उनले संसद क्यालेण्डरअनुसार चलाउनुपर्नेमा जोड दिइरहेको बताए  । उनले प्रिबजेट छलफलका लागि कानुनी प्रबन्ध अध्यादेशमार्फत आएको र सरकारले आवश्यक ध्यान दिइरहेको पनि बताए । 

उनले भने, ‘राज्यलाई आवश्यक परेका विधेयकमाथि आवश्यक छलफल गरेर विधेयकहरू पारित गर्ने । पारित यसमानेमा की कार्यान्वयन गर्ने गरी विधेयकहरू धेरै भन्दा धेरै पारित गर्नुपर्ने जरुरी छ । संसदको त्यही सौन्दर्यताकासाथ जाने हो । भौतिक संरचनाको सौन्दर्यता भन्दा पनि आवश्यकता के हो ? त्यो पूरा गर्नु नै सबैभन्दा ठूलो सौन्दर्यता हो । त्यस कुरामा नै सबैको ध्यान जाने र प्राप्त गर्ने गरी भोलिबाट अधिवेशन चलाउनुपर्छ । यसपालि क्यालेण्डरको आधारमा जाने अठोट सबैले गरौँ भनेर प्रयत्न गरिरहेका छौँ । प्रिबजेटका लागि कानुनी प्रबन्ध अध्यादेशमार्फत आएको छ । सरकारले बिजनेसको कमी हुँदैन भनेको छ । १८ वटा मन्त्रालयबाट छ भनेको छ । दुई वटा संसद सचिवालयमा दर्ता भएको छ ।’

सभामुख घिमिरेले सरकारले हिउँदे अधिवेशनमा बिजनेसको कमी नहुने जनाएको पनि बताए ।  





  • प्रकाशित मिति : माघ २१, २०८० आइतबार २०:४०:२७

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया