logo-img

आज पनि घट्यो सुनचाँदीको मूल्य

नेपाली बजारमा आज पनि सुनको मूल्य ४०० रुपैयाँले घटेको छ । यसअघि हिजो आइतबार तोलामा ६०० रुपैयाँले घटेको सुनको मूल्य आज पनि घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार घटेको मूल्यसँगै आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ र तेजाबी सुनको मूल्य तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ कायम छ । महासंघका अनुसार हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ९०० र तेजाबी सुनको मुल्य तोलामा १ लाख १८ हजार ३५० रुपैयाँ थियो ।

महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेर किनबेच भइरहेको छ । हिजो तोलामा १३ सय ९५ रुपैयाँ रहेको चाँदीको मूल्य आज १३ सय ९० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ । 





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार ११:१७:२४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया