logo-img

सेयर बजार सुधार, तर अढाइ अर्ब पनि पुगेन कारोबार

तीन दिनपछि सेयर बजार कारोबारमा सोमबार सुधार आएको छ । नेप्से १४.५७ अंकले बढेर परिसूचक २०७६.२७ पुगेको छ । २ सय ४७ कम्पनीमध्ये १ सय ४८ का सेयर मूल्य बढ्दा लगानीकर्ताले कमाएका छन् । ८६ वटाको कम्पनीको भने घटेको छ । १३ कम्पनीको सेयर मूल्य स्थिर रह्यो ।

सोमबार कमाउनेमा नेपाल टेलिकमका लगानीकर्ता रहे । सेयर मूल्य सर्किट लागेर बढ्दै प्रति कित्ता ९ सय ५१ रुपैयाँ ५० पैसामा कारोबार भएको छ । यस्तै, पिपुल्स पावरको पनि सेयरमा सर्किट लागेको छ । उक्त कम्पनीको सेयर बढेर प्रति कित्ता ३ सय ६३ रुपैयाँमा किनबेच भएको छ । समाज लघुवित्त र जोशी हाइड्रोपावरको सेयरमा पनि बढेर सर्किट लागेको छ । 

सर्वाधिक कारोबार हुने कम्पनीको सूचीमा लगातार हिमालयन रिइन्स्योरेन्स नै छ । उक्त कम्पनीको १८ करोड ५९ लाखको सेयर कारोबार भएको छ । १५ करोड ४६ लाखको कारोबार भएको ज्ञादी ग्रुप अफ पावर दोस्रो र ८ करोड २३ लाखको कारोबार भएको हाथवे इन्भेस्टमेन्ट तेस्रो स्थानमा रह्यो ।

सोमबार ७४ लाख ९१ हजार ३ सय ३ कित्ता सेयर किनबेच भएको छ । ५६ हजार ७ सय ७५ कारोबारमा रकम २ अर्ब ४३ करोड ८० लाख ५८ हजार २ सय ५४ रुपैयाँ रहेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ ।  





  • प्रकाशित मिति : माघ २२, २०८० साेमबार १९:७:३१

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया