logo-img

गोकुल बास्कोटाको आरोप- वर्तमान सरकार इतिहासकै गतिहीन र जबाफविहीन

नेकपा एमालेका सांसद गोकुल बास्कोटाले वर्तमान सरकार जस्तो गतिहीन र जवाफविहीनता सरकार इतिहासमा नै नभएको आरोप लगाएका छन् । 

बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा शून्य समयमा बोल्दै उनले, काभ्रे जिल्लाको किसानले दूध बेचेको पैसा अहिले सम्म नआएको भन्दै यो भन्दा नालायक गतिहीन र जवाफविहीनता सरकार इतिहासमा नै नभएको आरोप लगाए । 

उनले भने, ‘काभ्रे जिल्लाको किसानले दूध बेचेको पैसा कहीँले पाउँछन् ? सरकारलाई प्रश्न सोध्न चाहन्छु । प्रधानमन्त्रीको भनाई के छ । साम्राज्य आइसक्यो यही हो साम्राज्य ? यो भन्दा नालायक गतिहीन यो भन्दा जवाफविहीनता सरकार इतिहासमा थिएन जसको न कान छ । न आँखा छ । कहिले सुन्छ सरकारले  ?’





  • प्रकाशित मिति : माघ २४, २०८० बुधबार १२:४१:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया