logo-img

क्यानडासँग २२४ रनमै समेटियो नेपाल, कुशलले मात्र खेल्न सके अर्धशतकीय पारी
तस्बिर : क्यान

बिहीबारदेखि सुरु भएको एकदिवसीय सिरिजको पहिलो खेलमा नेपालले पाहुना टोली क्यानडालाई २ सय २५ रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित त्रिवि मैदानमा टस जितेर पहिला ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा सबै विकेट गुमाएर २ सय २४ रन बनायो ।  

नेपालका लागि कुशल भुर्तेलले अर्धशतकीय पारी खेले । उनले ५८ बलमा ९ चौका र एक छक्काको मद्दतमा ६२ रनको पारी खेलेका हुन् । यस्तै, आरिफ शेखले ३८, सोमपाल कामीले २७, कुशल मल्लले २०, भीम सार्कीले १७, पवन सर्राफले १५ र सूर्य तामाङले अविजित १० रन बनाए ।

आरिफ शेख र कप्तान रोहितकुमार पौडेल ८/८ रनमै आउट भए । क्यानडाका लागि उदय भगवानले ८ ओभरमा एक मेडनसहित ४० रन दिएर सर्वाधिक तीन विकेट लिए ।  

नेपालले आजको खेलमा दुई खेलाडीलाई डेब्यूको मौका दिएको छ । नेपालले क्यानडाविरुद्ध सूर्य तामाङ र रिजन ढकाललाई डेब्यूको मौका दिएको हो । यी दुवै खेलाडीले हालै सकिएको प्रधानमन्त्री कपमा उत्कृष्ट प्रदर्शन गरेका थिए । 



बायाँ हाते स्पिनर सूर्यले ९ खेलमा ३० विकेट तथा बायाँ हाते तीव्र गतिका बलर रिजनले ९ खेलमा १५ विकेट लिएका थिए । उनीहरू दुवैले बागमती प्रदेशको टिमबाट प्रधानमन्त्री कप खेलेका थिए । 




  • प्रकाशित मिति : माघ २५, २०८० बिहीबार १३:१:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया