logo-img

सवारी दुर्घटनामा घाइते भएका एमाले महासचिवकाे ट्रमा सेन्टरमा उपचार हुँदै

नेपाल कम्युनिष्ट पार्टी (एमाले)का महासचिव शंकर पोखरेल शनिबार दैलेखमा भएको सवारी दुर्घटनामा घाइते भएका छन् । सुर्खेतबाट दैलेख कार्यक्रममा सहभागी हुन जाने क्रममा उनी सवार गाडी सडकमा पल्टिएकाे हाे । 

सामान्य घाइते भएका उनकाे आज काठमाडौंस्थित ट्रमा सेन्टरमा स्वास्थ्य जाँच गरिएको छ । उनको तिघ्रा र हातमा समान्य चोट लागेको छ र भिडियो एक्सरे गरेर हेर्दा कुनै त्यस्ता खतरा नदेखिएकाे बताइएकाे छ । 

दैलेख जिल्ला अधिवेशन उद्घाटन गर्न जाने क्रममा दैलेखको डुङेश्वर गाउँपालिका–१ चुप्रा नजिकै उनी सवार गाडी सडकमा पल्टेको थियो । गाडीमा एमाले महासचिव पोखरेलसहित केन्द्रीय सदस्य दीपा शर्मा कर्णाली प्रदेश कमिटी सचिव ध्रुव शाही र कर्णाली प्रदेशका उपसचिव पद्मा खड्का पनि थिए । 

कर्णाली प्रदेशका उपसचिव पद्मा खड्काको हातमा सामान्य चोट लागेको एमालेका केन्द्रीय सदस्य विष्णु रिजालले जानकारी दिए । 





  • प्रकाशित मिति : माघ २८, २०८० आइतबार १५:५८:११

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया