logo-img

जोखिमयुक्त फोहोर व्यवस्थापनमा मापदण्ड पूरा गर्नैपर्छ : सुनिता डंगोल
फाइल तस्बिर

काठमाडौं महानगरपालिकाकी उपप्रमुख एवं अनुगमन समितिकी संयोजक सुनिता डंगोलले स्वास्थ्य संस्थाहरुले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न अपनाएको विधिले आधारभूत मापदण्ड पूरा हुनुपर्ने बताएकी छन् । 

स्वास्थ्य संस्थाहरूबाट उत्पादन भएको फोहोर व्यवस्थापनको अनुगमनबाट देखिएको अवस्थाका बारेमा जानकारी दिँदै उनले जोखिमयुक्त फोहोर व्यवस्थापन गर्न मापदण्ड पूरा हुनुपर्ने भन्दै थालिएका प्रयासलाई संस्थागत गर्न क्षमता बढाउन आवश्यक भएको बताइन् । 

उनले भनिन्, ‘अहिलेसम्म ६ वटा अस्पतालको अभ्यास हेर्यौँ । सबैमा केही न केही प्रयास भएको छ । कार्य सञ्चालन प्रणाली केही उस्तै र केही फरक भेटिएका छन् । कसैको अलिअलि सुधार गर्नु पर्ने देखिन्छ । कसैको धेरै नै सुधार गर्नु पर्ने देखिएको छ । थालिएका प्रयासलाई संस्थागत गर्न क्षमता बढाउन आवश्यक छ ।’





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार १५:५:५५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया