logo-img

ड्युटीमा खटिएकी महिला प्रहरीको आफ्नै श्रीमानले गरे हत्या

दाङमा गोली हानेर ड्युटीमा खटिएकी महिला प्रहरीको हत्या भएको छ । घोराहीको दामोदर चोकमा ड्युटीमा खटिएकी महिला प्रहरीको उनकै श्रीमानले गोली हानेर हत्या गरेका हुन् । 

वडा प्रहरी कार्यालय घोराहीमा कार्यरत प्रहरी जवान धनमाया थापाको उनकै श्रीमान यमबहादुर झाक्रीले गोली हानेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिएको छ। झाक्री पनि नेपालगञ्जमा कार्यरत प्रहरी हुन् ।  

बिहीबर साँझ साढे ७ बजे गोली हानेर भाग्दै गरेका यमबहादुर झाक्रीलाई प्रहरीले लमही अर्जुनखोलाबाट पक्राउ गरेको छ । घटनाको थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।





  • प्रकाशित मिति : फागुन ३, २०८० बिहीबार २२:२६:१८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया