logo-img

गाजामा इजरायली आक्रमण : मृत्यु हुने प्यालेस्टिनीको संख्या २९ हजार नाघ्यो, ६९ हजार घाइते

इजरायली आक्रमणका कारण गाजामा मृत्यु हुनेको प्यालेस्टिनीको संख्या २९ हजार १९५ पुगेको छ । गाजास्थित स्वास्थ्य मन्त्रालयले मंगलबार साँझ इजरायली आक्रमण जारी रहँदा गाजापट्टीमा मृत्यु हुनेको संख्या २९ हजार १९५ पुगेको बताएको हो । 

त्यस्तै, ६९ हजार १७० अन्य घाइते भएको बताएको छ । विगत २४ घण्टामा इजरायली सेनाले स्ट्रिपमा १०३ प्यालेस्टाइनीको हत्या गरेको र १४२ जना घाइते भएको मन्त्रालयले जनाएको छ । 

भारी बमबारी र सिभिल डिफेन्स र एम्बुलेन्स टोलीको अभावमा केही पीडित भग्नावशेषमुनि रहेको उल्लेख गरिएको छ । इजरायली सेनाले हमासविरुद्ध गाजापट्टीको उत्तर, केन्द्र र दक्षिणमा आफ्नो कारबाही जारी राखेको र धेरै लडाकुलाई मारेको बताइएको छ । 

इजरायली सेनाले गाजा लडाइमा घाइते भएका २२ वर्षीय सैनिकको मृत्यु भएको घोषणा गरेको छ । जसका कारण भूमिगत अपरेशनमा मारिएका इजरायली सैनिकको मृत्यु हुनेको संख्या २ सय ३६ पुगेको छ । 





  • प्रकाशित मिति : फागुन ९, २०८० बुधबार ९:३५:८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया