logo-img

सांसद चन्द्र भण्डारीको आरोप- अर्थ व्यवस्था सीमित व्यक्तिको हातमा गयो

नेपाली कांग्रेसका सांसद चन्द्र भण्डारीले आर्थिक नीति सम्बन्धी गलत कार्यक्रमले गर्दा नेपालको अर्थ व्यवस्था सीमित व्यक्तिको हातमा गएको बताएका छन् । बिहीबार प्रतिनिधि सभाको बैठकमा उनले १०/१२ जनाको हातमा बैंकदेखि उद्योग सबै रहेको भन्दै एउटा सरकारले चाहेर मात्रै विकास हुन नसक्ने बताए । 

उनले भने, ‘१०/१२ जनाको हातमा बैंक, उद्योग, बिमा, जलस्रोत, अस्पताल र जमिन खन्ने लाइसेन्स पनि छ । अब यो देश कसरी बन्छ, एउटा सरकारले चाहेर, गर्छु भनेर कसरी विकास हुनसक्छ ? हाम्रो आर्थिक नीतिको गलत कार्यक्रमले गर्दा सीमित व्यक्तिको हातमा अर्थ व्यवस्था गएको छ । सायद संसारमा यस्तो कतै भएको छैन ।’

उनले सदनबाट पास भएका विषयलाई अदालतले रोक लगाएको भन्दै संसद् किन कमजोर भएको भन्दै प्रश्न गरे । उनले भने, ‘हामीले गरेका बजेटका कुरा, पास गरेका कुरा, अदालतबाट रोकिन्छन् । संसद् किन कमजोर भयो ? हामीले धेरै राजनीति गर्‍यौँ तर राष्ट्र नीति बनाउन सकेनौँ । अब नेपालले यस बारेमा सोच्नु पर्छ ।’ 

युवाहरू देशमा बस्ने वातावरण हाम्रो नीतिले नै नदिएको भन्दै यसमा गम्भीर हुन आवश्यक भएको बताए । 





  • प्रकाशित मिति : फागुन १०, २०८० बिहीबार १३:१८:१२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया