logo-img

विपक्षी सांसदले गरे संसद अवरुद्ध, तीन मन्त्रीको राजीनामा माग

प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहितका विपक्षी दलको आजको संसद बैठक अवरुद्ध गरेका छन् । उनीहरूको अवरोधका कारण प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित भएको छ । 

विपक्षी दलका सांसदले बालकुमारी घटनालगायतका विषयमा सरकारको जवाफको माग गर्दै संसद् अवरुद्ध पारेका हुन् । एमालेले तीनजना मन्त्रीको राजीनामा समेत मागेको छ । 

बैठकमा एमालेका सांसद योगेश भट्टराईले सरकारमा रहेका मन्त्रीहरूमाथि नैतिक प्रश्न उठाउँदै विरोध जनाए । उनले ती मन्त्रीहरूको पनि राजीनामा माग गरेका हुन् । 

भट्टराईले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, पर्यटनमन्त्री सुदन किराती र भौतिक पूर्वाधारमन्त्री प्रकाश ज्वालालाई कारबाहीको माग गर्दै सरकारको ध्यानाकर्षण गराए । 

उनले भने, ‘तीन जना मन्त्रीहरूको सन्दर्भमा प्रधानमन्त्रीले यसै बखत, अहिले नै, तुरुन्तै यही संसद चलिरहेको समयमा संसदमा आएर जानकारी दिनुपर्छ । प्रधानमन्त्रीले जवाफ दिनु भएन भने विरोध यथावत् रहने कुरा पनि जानकारी गर्न चाहन्छु ।’ 





  • प्रकाशित मिति : फागुन ११, २०८० शुक्रबार १२:२२:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया