logo-img

मिटरब्याजपीडित र सरकारबीच आज पनि वार्ता

आन्दोलनरत मिटरब्याज पीडित र सरकारबीच आइतबारदेखि औपचारिक वार्ता सुरु भएको छ । २५ दिनदेखि पैदल हिँडेर काठमाडौं आइपुगेका पीडितले शुक्रबारदेखि काठमाडौंमा पनि विरोध प्रदर्शन गरिरहेका छन् । 

उनीहरूका मागबारे सुनुवाइ गर्न गृह मन्त्रालयले आइतबार रुद्रप्रसाद पण्डितको संयोजकत्वमा ५ सदस्यीय वार्ता टोली गठन गरी मिटरब्याज पीडितलाई वार्ताका लागि बोलाएको थियो । आइतबार बेलुकादेखि नै सरकार र मिटर ब्याजपीडितबीच औपचारिक वार्ता सुरु भएको मिटरब्याज तथा ठगीविरुद्ध संघर्ष समितिका संयोजक अवधेश कुशवाहाले जानकारी दिए । 

सरकारले वार्ताका लागि आव्हान गरेपछि पीडितले पनि कुशवाहाकै संयोजकत्वमा वार्ता टोली गठन गरेका थिए । टोलीमा अंकित खनाल, आदित्य राम, मोहन महतो, शिवशंकर महतो, दामोदर ढकाल, रुक्मिणी चौधरी, सोहन शर्मा र राजाराज यादव रहेका छन् । 

समितिका संयोजक कुशवाहाले आइतबार साँझ ७ बजेदेखि करिब डेढ घण्टा छलफल भएको र सोमबार बिहान ११ बजेदेखि फेरि वार्ता गर्ने तयारी रहेको बताए । पीडितले न्यायिक छानबिन आयोग गठन गरेर मिटरब्याजी साहुहरूलाई कारबाहीको दायरामा ल्याउनुपर्ने माग गरेका छन् ।

सरकारी वार्ता टोलीले भने सरकारले यसअघि नै आयोग बनाएर काम गरेको र त्यसअनुसारका बाँकी काम अब प्रशासन र प्रहरीले जिम्मा लिएको बताएका थिए । 





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार ८:४४:२८

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया