logo-img

अमेरिकी उपसहायक विदेशमन्त्री किन आइन् नेपाल ?

नेपाल, श्रीलंका, बंगलादेश, भुटान र माल्दिभ्सका लागि दक्षिण तथा मध्य एसियाली मामिला ब्युरो हेर्ने संयुक्त राज्य अमेरिकाका उपसहायक विदेशमन्त्री अफरिन अख्तर आज नेपाल भ्रमणमा आएकी छिन् । 

भ्रमणका क्रममा उपसहायक विदेशमन्त्री अख्तरले नेपाली उच्च सरकारी अधिकारी, नागरिक समाजका प्रतिनिधि र अमेरिकन चेम्बर्स अफ कमर्स नेपालका सदस्यहरूसँग भेटघाट गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ ।

सो अवसरमा मन्त्री अख्तरले अमेरिका र नेपालबीचको द्विपक्षीय सम्बन्धले कसरी नेपालमा शिक्षा र स्वास्थ्य, मानवअधिकार, लोकतन्त्रको विकास तथा नेपालको पारस्परिक आर्थिक समृद्धिलाई अगाडि बढाउन सक्छ भन्ने विषयमा छलफल गर्ने बताइएको छ ।





  • प्रकाशित मिति : फागुन १४, २०८० साेमबार २२:४४:२५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया