logo-img

सरकारलाई सभामुखको रुलिङ : २१ फागुनको बैठकमा सांसदका प्रश्नको जवाफ दिनू
फाइल तस्बिर

सभामुखको देवराज घिमिरेले संसद बैठकमा सांसदले उठाएका विभिन्न समसामयिक विषयहरुको जवाफ आगामी २१ फागुनमा बस्ने बैठकमा दिन सरकारलाई रुलिङ गरेका छन् । 

शुक्रबार बसेको प्रतिनिधि सभा बैठकमा पनि प्रतिपक्ष दल नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले प्रधानमन्त्रीले बालकुमारी घटनामा दोषी करार मन्त्रीको राजीनामा नआएको र प्रधानमन्त्रीले पनि संसदमा आएर कुनै जवाफ नदिएको भन्दै बैठक अवरोधको प्रयास गरेका थिए । 

त्यस्तै, मिटरब्याज, लघुवित्त र सहकारी पीडितहरूको समस्या समाधानमा जिम्मेवार नभएको, रुसी सेनामा नेपाली भर्ती भएको विषय लगायतमा प्रतिपक्ष दलहरूले पटकपटक सरकारलाई प्रश्न सोधे पनि उत्तर नपाएको भन्दै आन्दोलन जारी रहेको बताएका थिए । 

लगत्तै सभामुख घिमिरेले आफूले यसअघिको बैठकमा पनि सरकारलाई बैठकमा उपस्थित भएर जवाफ दिन निर्देशन दिइसकेको बताए । उनले सभाको फागुन २१ गते बस्ने बैठकमा समसामयिक विषयको सन्दर्भमा जवाफ दिन सरकारलाई रुलिङ गरे ।  

सभामुखको रुलिङसँगै प्रतिनिधि सभाको बैठक सहजरूपमा सुचारु भएको छ ।  





  • प्रकाशित मिति : फागुन १८, २०८० शुक्रबार १२:४६:३६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया