logo-img

नयाँ सरकारसँग मिलेर काम गर्न चीन तयार

नेपालमा विकसित पछिल्लो राजनीतिक घटनाक्रमप्रति उत्तरी छिमेकी चीनले चासो व्यक्त गरेको छ । चीनले नयाँ सरकारसँग मिलेर विकास र समृद्धिका लागि सहकार्य गर्न तयार रहेको उल्लेख गरेकाे छ । 

नियमित पत्रकार सम्मेलनका क्रममा चिनियाँ विदेश मन्त्रालयकी प्रवक्ता माओ निङले नेपालमा बनेको नयाँ सरकारसँग सहकार्य गर्न तयार रहेको बताइन् ।

चीनले नेपालसँगको द्विपक्षीय सम्बन्धलाई महत्व दिँदै आएको बताउँदै उनले नेपाल मैत्रीपूर्ण छिमेकी र निकट साझेदारका रूपमा रहेकाे बताइन् । 

साथै पञ्चशीलका सिद्धान्तको पालना गर्न र व्यावहारिक सहयोगलाई पनि अभिवृद्धि गर्न चीन तयार रहेको उनको भनाइ छ ।





  • प्रकाशित मिति : फागुन २२, २०८० मंगलबार १८:४९:२२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया