logo-img

कहिले पाउलान् मिटरब्याज पीडितले न्याय ?

प्रधानमन्त्री पुष्पकमल दाहालले मिटरब्याज पीडितको सबै समस्या अबको केही समयभित्रै समाधान हुने बताएका छन् । 

बिहीबार प्रतिनिधि सभाको बैठकमा फागुन ६ देखि १८ गतेसम्मका अघिल्ला बैठकहरूमा सांसदहरूले सरकारको कामकारबाहीको सन्दर्भमा उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले नयाँ राजनीतिक समीकरणमा परिवर्तन र सरकारको पुनःगठनबाटै धेरै प्रश्नहरूको जवाफ दिइसकेको बताए । 

मिटरब्याज पीडितको समस्या समाधान गर्ने क्रममा सरकारका काम कारबाही प्रति उठेको प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले भने, ‘फागुन १६ गतेसम्म २ हजार ९ सय ८४ वटा उजुरी आपसी मेलमिलापबाट फर्छ्यौट भएका छन् । मेलमिलापबाट फर्छ्यौट गराउन नसके प्राप्त प्रमाणका आधारमा अदालतमा मुद्दा दर्ता गर्ने अहिलेको प्रयासबाट अबको केही समयमै सबै उजुरी फर्छ्यौट भइसक्ने विश्वास सरकारको छ।’ 

साथै उनले २३ दिन हिँडेर न्याय माग्दै काठमाडौंको भृकुटीमण्डपमा बसिरहेका मिटरव्याज पीडितको समस्या समाधान गर्न संघर्षरत पक्षसँग वार्ता भइरहेको उल्लेख गर्दै छिट्टै तार्किक निष्कर्षमा पुग्ने विश्वास व्यक्त गरे । 

‘मिटरव्याजका लेनदेनलाई एकमुष्ट रूपमा बदर गर्नुपर्ने मागसहित अहिले आन्दोलनमा रहेका नागरिक समूहसँग संवाद र समस्या समाधान गर्नका लागि गृह मन्त्रालयको सह सचिवको संयोजकत्वमा वार्ता टोली गठन भएको छ । संघर्षरत पक्षसँग अहिले भइरहेको वार्ता छिट्टै तार्किक निष्कर्षमा पुग्ने विश्वास मेरो छ’ दाहालले भने ।





  • प्रकाशित मिति : फागुन २४, २०८० बिहीबार १४:३९:४

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया