logo-img

प्रचण्ड र माधवसँग ओलीको वान टु वान भेटवार्ता

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शनिबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधव नेपालसँग छुट्टाछुट्टै भेटवार्ता गरेका छन् । 

ओलीले नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रचण्डलाई बालुवाटारमा भेठ गरेका हुन् भने नेपालसँग उनकै निवास कोटेश्वरमा गएर भेटवार्ता गरेका हुन् । 

दाहालसँगको भेटमा ओलीले समसामयिक राजनीतिक विषयमा कुराकानी गरेको बुझिएको छ । साथै नेपालसँगको भेटमा उनले दुई पार्टी एकता गरेर अघि बढ्न आग्रह गरेको बुझिएको छ । 

संसद्मा प्रधानमन्त्रीले विश्वासको मत लिने मिति नजिकिइँदै गर्दा शीर्ष नेताहरूबीचको भेटवार्ता बाक्लिएको हो । विश्वासको मत लिनुअघि राष्ट्रिय सभा अध्यक्षको निर्वाचनबारे निष्कर्षमा पुग्न तीन दलबीच छलफलमा जुटेका हुन् । 





  • प्रकाशित मिति : फागुन २६, २०८० शनिबार २३:१९:५०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया