विश्वकप छनोटको दोस्रो चरणमा बहराइनसँग नेपाल ५–० ले पराजित

फिफा विश्वकप छनोटअन्तर्गत घरेलु टोली बहराइनविरुद्धको खेलमा नेपाल ५–० गोल अन्तरले पराजित भएको छ । विश्वकप छनोटको दोस्रो चरणको नेपालको यो लगातार तेस्रो हार हो । यसअघि नेपाल यूएईसँग ४–० र यमनसँग २–० ले पराजित भएको थियो । बहराइनको भने दोस्रो जित हो । 

दोस्रो जित निकाल्नेक्रममा नेपालविरुद्ध बहराइनका लागि माहदी अल हुमाइदान, सायद बाकर, अली मादन,  इब्राहिम अल खातल र इस्मील अब्दुलातिजले गोल गरे । 

यस खेलमा बहराइनले पहिलो हाफमा तीन तथा दोस्रो हाफमा दुई गोल गर्‍यो । बहराइनविरुद्ध डिफेन्डरद्वय अभिषेक लिम्बू र सौभाग्य राई (सन्जित) ले  डेब्यू गरे । 

समूह ‘एच’ को पुछामा रहेको नेपाल अंकविहीन छ । बहराइन तीन खेलमा ६ अंकसहित दोस्रो स्थानमा छ । अहिलेसम्म अपराजित रहेको यूएई तीन खेलबाट ६ अंकसहित शीर्ष स्थानमा छ ।

नेपालले अब अर्को खेल २७ मार्चमा बहराइनविरुद्ध नै खेल्ने तालिका छ । 






  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार ६:४६:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया