फिफा विश्वकप छनोटमा जापानको ह्याट्रिक जित

फिफा विश्वकप २०२६ तथा एएफसी एसियन च्याम्पियनसिपको छनोटमा जापानले अपराजित यात्रा कायमै राखेको छ । टोकियोमा बिहीबार भएको समूह ‘बी’ को खेलमा जापानले उत्तर कोरियालाई १–० गोल अन्तरले पराजित गरेको हो ।

जापानले खेल सुरु भएको दोस्रो मिनेटमै गोल गर्दै अग्रता लिएको थियो । जापानका लागि एओ तानकाले रितुस डोनको पासमा गोल गरेका थिए । उनको गोलसँगै सुरुमै अग्रता लिएको जापानले खेलभर ६४ प्रतिशत बल नियन्त्रणमा राखे पनि थप गोल भने गर्न सकेन । 

यही समूहमा रहेका म्यानमार र सिरियाले भने एक–एक गोलको बराबरी खेल्दै अंक बाँडे । ३५ औं मिनेटमा घरेलु टोली म्यानमारले गोल गर्दै अग्रता लिएको थियो । 

म्यानमारका लागि सोइ मोइ क्यावले माउंग ल्विनको पासमा गोल गर्दै अग्रता दिलाएका थिए । तर, ७१ औं आला डानीले सिरियाका लागि बराबरी गोल गरेका थिए ।

तेस्रो चरणको खेलसम्म अपराजित रहेको जापान ९ अंकका साथ शीर्ष स्थानमा रहँदा सिरियाले समान खेलबाट ४ अंक जोड्दै आफूलाई तालिकाको दोस्रो स्थानमा राखेको छ । 



यस्तै, उत्तर कोरिया तीन अंकका साथ तेस्रो स्थानमा छ भने म्यानमार एक अंकका साथ पुछारमा रहेको छ ।  




  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार ७:५१:५२

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया