logo-img

रास्वपा उम्मेदवार लिम्बूलाई निर्वाचन आयोगको कारबाही !

प्रतिनिधिसभा सदस्यका लागि इलाम २ मा जारी मतदानका क्रममा रास्वपाका उम्मेदवार मिलन लिम्बूले निर्वाचन आचारसंहिता उल्लंघन गरेका छन् ।
निर्वाचन आचारसंहिता उल्लंघन गरेको भन्दै उनीमथि निर्वाचन आयोगले कारबाही अघि बढाएको छ । 

रास्वपाका उम्मेदवार लिम्बूले मत दिन जाँदा पार्टीको संकेत भएको ब्याच लगाएका थिए। उनीविरुद्ध उजुरीसमेत परिसकेको छ।

उनले रास्वपाको चुनाव चिन्ह घन्टी भएको लोगो लगाएर मतदान गरेका थिए । यसरी पार्टीको झण्डा वा लोगो भएका कुनै पनि बस्तु लगाएर मतदानस्थालमा जानु निर्वाचन आचारसंहिताविपरीत हो । 

रास्वपाको उम्मेदवारविरुद्ध आयोगमा उजुरी परेपछि आवश्यक कारबाही सुरु गरेको निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । उनले आवश्यक कारबाहीको लागि निर्देशन दिइसकेको बताए । कानुनविपरीत जाने छुट कसैलाई पनि नभएको भन्दै थपलियाले लोगो खोस्न र स्पष्टीकरण सोध्न निर्देशन दिएका हुन् । 

भोट हाल्न जाँदा उ​म्मेदवार वा मतदाता सबै समान हैसियतका हुने उल्लेख गर्दै थपलियाले  कुनै पनि संकेत गरिने लुगा कपडा, टोपी वा संकेत झल्काउने लोगो लगाउन नपाइने बताए । 



संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको निधन भएपछि इलाममा उपनिर्वाचन भएको हो। इलाम २ मा प्रतिनिधिसभा सदस्यका लागि १९ जना उम्मेदवार चुनावी मैदानमा रहेको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

सो क्षेत्रमा कांग्रेसका डम्बर खड्का, एमालेका सुहाङ नेम्वाङ, स्वतन्त्र उम्मेदवार डकेन्द्रसिंह थेगिम र रास्वपाका लिम्बूबीच मुख्य प्रतिस्पर्धा देखिएको छ । 



  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार १६:११:२६

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया