logo-img

इलाममा २२, बझाङमा १५ प्रतिशत मत खसिसक्यो : प्रमुख निर्वाचन आयुक्त थपलिया

प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले इलाम र बझाङमा शान्तिपूर्ण रुपमा मतदान जारी रहेको बताएका छन् ।

प्रमुख आयुक्त थपलिया आज बिहानैदेखि आयोगका सचिव र सुरक्षा अधिकारीहरू सहित बसेर दुवै क्षेत्रका निर्वाचनलाई पर्यवेक्षण गरिरहेका छन् ।

केहीबेरअघि कुरा गर्दै थपलियाले भने, ‘अहिलेसम्म इलाममा करिब २२ प्रतिशत मत खसिसकेको छ भने बझाङमा १५ प्रतिशत मत खसिसकेको छ । ०७९ को प्रतिनिधि सभा निर्वाचनकै हाराहारीमा मत खस्ने अपेक्षा गरिएको छ ।’

उपनिर्वाचनमा मतदाताको सुविधाका लागि सबै प्रबन्ध गरिएकाले उत्साहजनक रुपमा मतदान भइरहेको र राम्रोसँग सम्पन्न हुनेमा आफू विश्वस्त रहेको प्रमुख आयुक्त थपलियाले बताए । 





  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार ११:५८:४५

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया