logo-img

वेस्ट इन्डिज एसँग नेपाल ७६ रनले पराजित

काठमाडौंमा जारी पाँच खेलको टि–२० श्रृंखलाको तेस्रो खेलमा नेपाल वेस्ट इन्डिज एसँग ७६ रनले पराजित भएको छ ।

वेस्ट इन्डिज एले दिएको २२८ रनको लक्ष्य पछ्याएको नेपाल ४ बल अगावै सबै विकेट गुमाएर १५१ रनमात्र बनाउन सक्यो । 

नेपालका लागि करण केसीले सर्वाधिक २८ रन बनाए । त्यस्तै लोकेश बमले २८, कुशल मल्लले २०, विनोद भण्डारीले १९, अनिल साहले १४, आरिफ शेखले ३, गुल्झन झाले ६, विवेक यादवले ३ र दीपेन्द्र सिंह ऐरीले ७ रन, कमल सिंह ऐरीले ६ र सागर ढकालले ३ रन बनाए ।

यसअघि टीयू क्रिकेट मैदानमा टस जितेर पहिले  ब्याटिङ गरेको वेस्ट इन्डिज एले निर्धारित २० ओभरमा ३ विकेटको क्षतिमा २२७ रन बनाएको थियो । 
वेस्ट इन्डिज एका लागि जोह्नसन चार्लीज्ले अविजित शतकीय पाली खेलेका थिए । ६१ बलमा उनले १३ चौका र ७ छक्का प्रहार गरे । 

त्यस्तै अन्द्रे फ्लेचरले ५३, फेबियन अलुलेनले १९, अलिक एथेन्जेले १७ र किमो पलले १३ रन बनाए । नेपालका लागि करण केसी र सागर ढकालले १–१ विकेट लिए ।

यससँगै वेस्ट इन्डिज एले शृंखलालाई २–१ को स्थितिमा पुर्याएको छ । पहिलो खेलमा विजयी भएको नेपाल पछिल्लो दुवै खेलमा पराजित हुन पुग्यो ।





  • प्रकाशित मिति : वैशाख १९, २०८१ बुधबार १६:२:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया