स्विडेनविरुद्ध पोर्चुगलको सानदार जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेलमा पोर्चुगलले स्विडेनलाई ५–२ गोल अन्त्रले हराएको छ । शुक्रबार बिहान घरेलु मैदान डोम अल्फन्सो हेनरिक्विस रंगशालामा भएको खेलमा पोर्चुगलको जितमा राफेल लियो, म्थाथिसय नुनेस, ब्रुनो फर्नान्डेस, बरुमा र गोल्कालो रामोसले गोल गरे ।   

स्विडेनका लागि भिक्टर ग्योकेरेस र गुस्ताफ निलसनले एक–एक गोल फर्काए । खेलको २४औँ मिनेटमा लियोको गोलबाट पोर्चुगलले सुरुवाती अग्रता लिएको थियो । ३३औँ मिनेटपछि नुनेसले गोल गर्दै पोर्चुगल २–० ले अघि बढ्यो ।  

४५औँ मिनेटमा फर्नान्डेसले गोल गर्दै पोर्चुगलले पहिलो हाफमै ३–० को अग्रता लियो । ५७औँ मिनेटमा बरुमाले टोलीका लागि चौथो गोल गरे ।​

५८औँ मिनेटमा ग्योकेरेसले गोल गरेपछि खेल ४–१ को स्थितिमा आयो । ६१औँ मिनेटमा रामोसले गोल गर्दै पोर्चुगललाई ५–१ को अग्रता दिलाए । निर्धारित समयको अन्तिम मिनेटमा निलसनले गोल गर्दै पोर्चुगललाई ५–२ को सानदार जित दिलाए ।  






  • प्रकाशित मिति : चैत ९, २०८० शुक्रबार ८:५२:३०

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।


यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया