logo-img

उपनिर्वाचन : इलाम र बझाङमा मतदान जारी
इलामको माङसेबुङ २ दहगाउँस्थित जनता कल्याण आधारभूत विद्यालयमा मतदान गर्दै रास्वपा उम्मेदवार मिलन लिम्बू

इलाम र बझाङमा मतदान जारी छ । बिहान सात बजेबाट शान्तिपूर्ण रुपमा सबै मतदान स्थल र केन्द्रमा मतदान सुरु भएको इलामका मुख्य निर्वाचन अधिकृत केशवप्रसाद घिमिरेले जानकारी दिएका छन् । 

निर्वाचन आयोगले तोकेको समय शनिबार बिहान ७ बजेदेखि साँझ ५ बजेसम्म मतदाताहरुले मतदान गर्न पाउनेछन् ।  

इलाम–२ मा ४२ वटा वडामा हुँदै गरेको मतदानका लागि ७९ वटा मतदान स्थल र १ सय ४९ वटा मतदान केन्द्रको व्यवस्था गरिएको घिमिरेले जानकारी दिए । मतादानमा सहजीकरण, पारदर्शिता र स्वच्छता कायम गर्न आयोगले ७ सय ४५ जना कर्मचारी खटाएको जनाएको छ । 

त्यस्तै, यसैगरी बझाङ प्रदेश सभा–१(१) मा पनि मतदान जारी छ । बझाङ प्रदेश सभा–१(१) मा ७४ मतदान स्थलमा ९३ वटै मतदान केन्द्रमा मतदाता हुने बझाङको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ । 

प्रतिनिधिसभातर्फ इलाम–२ मा १९ र  प्रदेश सभातर्फ बझाङमा १ (१) मा ११ उम्मेदवार प्रतिस्पर्धामा छन् । इलाम–२ मा एक लाख १५ हजार ८८९ मतदाता छन्। बझाङ–१ (१) ६१ हजार ७४८ मतदाता छन्। 

बझाङ १ (१) ७४ मतदानस्थल र ९३ मतदान केन्द्र छ ।  त्यसमध्ये ३१ केन्द्र सामान्य, ३० संवेदनशील एवं ३२ अतिसंवेदनशील रहेका छन्। 



दुवै जिल्लाका स्थानीय प्रशासनले निर्वाचन सुरक्षा व्यवस्था मजबुत पारेको दाबी गरेका छन् । 



  • प्रकाशित मिति : वैशाख १५, २०८१ शनिबार ७:५१:१३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया