logo-img

एकीकृत समाजवादीले भन्याे : दल विभाजनको हल्ला गलत

नेकपा (एकीकृत समाजवादी)ले पार्टीका विषयमा चलेको चर्चा गलत भएको जनाएको छ। सोमबार अध्यक्ष माधवकुमार नेपालको अध्यक्षतामा बसेको संसदीय दलको बैठकले दल विभाजनको हल्ला गलत भएको जिकिर गरेकाे हाे । 

प्रमुख सचेतक मेटमणि चौधरीले बैठकपछि विज्ञप्ति जारी गरेर भनेका छन्, ‘बैठकले संसदीय दलका सम्बन्धमा चलाइएका चर्चा एवं हल्लाहरू गलत रहेको र त्यस्ता भ्रमहरूमा नपर्न सबैलाई अनुरोध गर्दै पार्टी संसदीय दल एकताबद्ध रहेको प्रतिबद्धता व्यक्त गरेको छ।’

उपेन्द्र यादव नेतृत्वकाे सत्तारुढ जनता समाजवादी पार्टी (जसपा) विभाजनका लागि अशाेक राई नेतृत्वकाे समूहले निर्वाचन आयोगमा निवेदन दिएपछि एकीकृत समाजवादी पनि फुट्ने हल्ला चलेकाे थियाे ।

यसै विषयलाई लिएर एकीकृत समाजवादीले संसदीय दलको बैठक बोलाएकाे थियाे । साेही बैठकले दल विभाजनको हल्ला गलत भएको जिकिर गरेकाे हाे ।





  • प्रकाशित मिति : वैशाख २४, २०८१ साेमबार १८:३८:४३

फरकधारमा प्रकाशित कुनै समाचारमा तपाईंको गुनासो भए हामीलाई farakdhar@gmail.com मा इमेल गर्न सक्नुहुनेछ । यही इमेलमा तपाईंले आफ्नो विचार वा विश्लेषण, सल्लाह र सुझाव पनि पठाउन सक्नुहुनेछ । हामीसँग तपाईं फेसबुक, ट्विटर, इन्स्टाग्राम, युट्युबमा पनि जोडिन सक्नुहुन्छ ।



यस विषयसँग सम्बन्धित समाचार

यो सामग्री सेयर गर्नुहोस्

यो सामग्री सेयर गर्नुहोस्

यो पनि नछुटाउनुहोस्
मल्टिमिडिया